राष्ट्रपतिद्वारा नव कन्याको पूजा


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप आज महानवमीको दिन नव कन्याको पूजा गरेकी छन् । मंगलबार राष्ट्रपति कार्यालय शीलतनिवासमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले नौ कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरिन् ।

ती कन्यालाई बालमन्दिरबाट लगिएको हो । दसैं पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आएकी छन् । उक्त समारोहमा नव कन्याले अन्तिममा नृत्यसमेत गरेका थिए । सो नृत्यको राष्ट्रपति भण्डारीले अवलोकन गरेकी थिइन् ।