अन्जनको ह्याट्रिकमा बंगलादेशमाथि नेपालको जित


काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा नेपाल ३-१ गोल अन्तरले विजयी भएको हो।

नेपालका लागि सबै गोल अञ्जन विष्टले गरे । नेपालले तीनै गोल पहिलो हाफमा गरेको थियो। बंगलादेशले दोस्रो हाफमा १ गोल फर्काएको थियो ।

नेपालले खेलको १९औँ मिनेटमा गोलको खाता खोलेको थियो। विमल घर्ती मगरको पासमा अञ्जनले नेपालका लागि पहिलो गोल गर्दै अग्रता दिलाएका थिए ।

२३औँ मिनेटमा तेज तामाङको प्रहारलाई बंगलादेशी गोलकिपर अनिसुर रहमानले बचाउने क्रममा रिफ्लेक्ट भएको बललाई अञ्जनले जाली चुमाएका थिए । त्यस्तै, ३६औँ मिनेटमा सुमन अर्यालको पासमा हेडिङमार्फत गोल गर्दै अञ्जनले ह्याट्रिक पूरा गरेका थिए ।