जसपाका नेता श्रीपाइली एमाले प्रवेश


काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा एमाले प्रवेश गरेका छन् । पार्टी महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई शुक्रबार नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा खादा लगाई पार्टीमा स्वागत गरेका छन् ।

अनेरास्ववियूबाट राजनीतिक यात्रा शुरू गरेका श्रीपाइलीको करिव तीनदशकको राजनीतिक जीवन रहेको छ । उनी सल्यान जिल्लाका स्थायी बासिन्दा हुन् ।

श्रीपाइलीले देश र जनताको हितमा अगाडि बढिरहेको नेकपा (एमाले) विरुद्ध घेराबन्दी भइरहेको समयमा पार्टीका पक्षमा यथासक्य योगदान गर्न आफू निस्वार्थ एमालेमा प्रवेश गरेको बताए ।