जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनको नाउमा आत्मघाती कदम चाल्न बाध्य नरहेको बताएका छन् ।
पिछडा वर्ग महासंघको तेस्रो राष्ट्रिय सम्मेलनको शनिबार उद्घाटन गर्दै अध्यक्ष यादवले लोकतन्त्र र संघीयताको रक्षाको लागि गठबन्धन अपरिहार्य रहे पनि मधेशी, दलित, आदिवासी जनजातिको प्रतिनिधित्वमा ह्रास आउने गरि गठबन्धनको नाउमा आँखा चिम्लेर कुनै आत्मघाती चाल्न तयार नरहेको स्पष्ट पारे ।
संघीयता र गणतन्त्र संकटमा परेको बेला जनता समाजावादी पार्टीकै नेतृत्वमा गठबन्धन निर्माण गर्ने कार्य भएको स्मरण गराउदै अध्यक्ष यादवले आफूहरु गठबन्धनको पक्षमै रहेको भएपनि संघीयता र गणतन्त्रको लागि ऐतिहासिक भूमिका निर्वाह गरेको जनता समाजवादी पार्टीको सिट बाँडफाँटमा सम्मानजनक तालमेल हुनु पर्ने उल्लेख गरे ।
मधेशको शक्तिलाई कमजोर आंकलन नगर्न काँग्रेस कम्युनिष्ट चेतावनी दिँदै अध्यक्ष यादवले मधेशको शक्तिले सम्मानजनक स्थान पाए मात्र गठबन्धन बलियो हुने बताए ।

प्रतिक्रिया