काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक जारी गरेको अभियोगमा तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौँ महानगरपालिका–३२ का सुमनकुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका–४ का राहुलकुमार जयसवालविरुद्ध १० करोड ९३ लाख दुई हजार छ सय ७६ रुपैयाँ बराबरको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको छ ।
विभागले मुल्य अभिवृद्धि करतर्फ एक करोड ७१ लाख ३२ हजार एक सय ७०, आयकरतर्फ तीन करोड ७५ लाख १९ हजार एक सय ६८ गरी पाँच करोड ४६ लाख ५१ हजार तीन सय ३८ रुपैयाँ बराबरको बिगो गरेको पाइएको छ ।
विभागले बिगोको दोब्बर बराबरको सजायको माग दाबी गरेको हो । त्यसअनुसार आरोपीमाथि १० करोड ९३ लाख दुई हजार छ सय ७६ रुपैयाँ बराबरको सजायको माग गरेको छ ।

प्रतिक्रिया