दोलखा । आगामी मंसिर ४ मा हुन गइरहेको संघीय निर्वाचनको लागि राप्रपाको तर्फबाट सहायक महामन्त्री विजय खड्काले उम्मेदवारी दिने भएका छन् । राप्रपा दोलखा जिल्ला समितिको वैठकले खडकाको नाम सिफारिस गरिसकेको छ ।
खड्का दोलखा विगु–४ लादुकका स्थानीय हुन् । राप्रपाको वैचारिक र सैद्धान्तिक लाईनमा स्पष्ट खड्का विगत महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले सहायक महामन्त्रीमा मनोनयन गरेका थिए । शान्ति आदर्श मावि लादुकबाट एसएलसी गरेका खड्काले अर्थशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।
खुला हृदयका खड्का दोलखामा समाजसेवामा समेत अग्रणी मानिन्छन् । कोभिड महामारीमा उनको पहलमा जिल्लाका प्रायः सवै स्वास्थ चौकीहरू, फ्रन्टलाईनमा काम गर्ने कर्मचारीहरू, पत्रकार, प्रहरी, सैनिक, शिक्षण संस्थामा अक्सिजन कन्सन्ट्रेटर,माक्स,सेनिटाइजर वितरण गरेका थिए । त्यस्तै विद्यालय,मठ मन्दिर निर्माण लगायतका काममा पनि खड्काले उल्लेख्य भूमिका निर्वाह गर्दै आएका छन् ।
तपाईंको उम्मेदवारी किन भन्ने संवाददाताको प्रश्नमा खड्काले विगत ३० वर्ष देखिको काग्रेस कम्युनिष्टको भ्रष्टाचार, वेथिति, राष्ट्रघातबाट मुक्ति दिलाउँदै मुलुकलाई स्वाधीन, सम्पन्न र जनताको धार्मिक साँस्कृतिक अधिकारको रक्षाको लागि आफ्नो उम्मेदवारी भएको र यस पटकको निर्वाचनमा राप्रपाले जित सुनिश्चित गर्ने वताए । महंगी भ्रष्टाचारमा पिल्सिएका जनतालाई राहत दिँदै दोलखाको समग्र विकासको लागि काम गर्ने पनि उनले बताएका छन् ।

प्रतिक्रिया