निगमले बढायो डिजेल र मट्टितेलको मूल्य


काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । नियमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ ।

अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ । पेट्रोल, हवाई सन्धन र एपी ग्यासको मुल्य भने यथावत नै राखिएको निगमले जनाएको छ । यसअघि इण्डियन आयल कर्पोरेसनले तीन पटक मुल्य घटाएर पठाउँदा मूल्य समायोजन नरेको निगमले मूल्य बढेर आउनासाथ मूल्य बढाएको हो ।