काठमाडौं । शेयर बजार बिहीबार सामान्य घटेको छ । बुधबार झन्डै २२ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से बिहीबार १ दशमलव शून्य आठ अङ्कले घटेर एक हजार नौ सय ७२ दशमलव २९ विन्दुमा झरेको छ । आज बैंकिङ, व्यापार, उत्पादन, अन्य, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य घटेको छ ।
अरू समूहको शेयर सामान्य बढेको छ । यस्तै दुई सय २५ वटा कम्पनीको ३९ लाख ५५ हजार कित्ता शेयर एक अर्ब ३८ करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो । आज राप्ति हाइड्रो र गणपति लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया