काठमाडौं । शेयर बजार परिसूचक नेप्से सोमबार सामान्य बढेको छ । लगातार घटिरहेको शेयर बजार सोमबार भने सामान्य सुधार भएको हो । सोमबार नेप्से तीन दशमलव ७६ अङ्कले बढेर एक हजार नौ सय ९३ दशमलव ०२ विन्दुमा पुगेको छ । सोमबार जीवन बीमा र उत्पादन समूहको शेयर ४० अङ्कभन्दा धेरै बढेको छ ।
बैंक, माइक्रोफाइनान्स, लगानी र म्यचल फन्ड समूहको शेयर भने घटेको छ । आज दुई सय २२ वटा कम्पनीको ३४ लाख ४० हजार कित्ता शेयर एक अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै नेपाल टेलिकमको ११ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भयो । नेप्से सामान्य बढेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि रुरु जलविद्युत् कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घट्यो ।

प्रतिक्रिया