सन्दीपले डेजर्ट भाइपर्सबाट खेल्ने


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछानेले युएईको फ्रेन्चाईज क्रिकेट ‘युएई इन्टरनेसनल टी–ट्वान्टी’ लिग डेजर्ट भाइपर्सबाट खेल्ने भएका छन् । लिगको मार्की खेलाडीको रूपमा रहेका सन्दीपलाई भाइपर्सले शुक्रबार प्रतियोगिताका लागि अनुबन्ध गरेको हो ।

भाइपर्सले सन्दीपसँगै इङ्ल्याण्डका ६ जना, वेष्टइन्डिजका २ जना, श्रीलंका, पाकिस्तान, न्युजिल्याण्ड र नामिबियाका १–१ जना खेलाडीलाई अनुबन्ध गरेको छ । टोली युवा र अनुभवी खेलाडीहरूले भरिएको छ ।

यस्तै टम मुडीलाई क्रिकेट निर्देशकको रूपमा र जेम्स फोस्टरलाई डेजर्ट भाइपर्स टोलीका लागि मुख्य प्रशिक्षकको रूपमा भित्राएको छ।