काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई आफ्नो पार्टीको चुनाव चिह्न (हँसिया–हथौडा)बाट चुनाव लड्न दिने भएको छ ।
मंगलबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता महराले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह हँसिया हतौडामा चुनाव लड्नको निमित्त स्वीकृति दिएको बताए ।
उनले दुवै नेताले राखेका केही शर्तहरुका बारेमा भने बुधबार छलफल हुने बताए । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको अर्को बैठक बुधबार बिहान बस्नेछ

प्रतिक्रिया