गठबन्धन किन ? लाज छोप्न भन्दै एमालेको प्रदर्शन


काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापन अव्यवस्थित भएको भन्दै नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले प्रदर्शन गरेको छ । बिगत तीन चार महिनादेखि काठमाडौंको फोहोर उठ्न नसकेको र बिभिन्न रोगको जोखिम बढेको भन्दै एमालेले आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।

अहिले गठबन्धन सरकारले फोहोर व्यवस्थापनमा कुनै चासो नदिएको आरोप एमालेले लगाएको छ । एमालेले फोहोरको बैज्ञानिक ढंगले व्यवस्थापन गर्न सरकारलाई दवाव दिन प्रदर्शन गरिएको बताएको छ ।

प्रदर्शनमा सहभागीले कांग्रेस र गठबन्धनमा रहेका दलका कार्यकर्ताहरुले नै फोहोर लैजाने गाडीहरुलाई अवरोध र तोडफोड गरेको आरोप लगाएका थिए ।

उनीहरुले गठबन्धन सरकारको महानगरवासीलाई उपहार, काठमाडौं शहर फोहोरै फोहोरको शहर, हाम्रो फोहोर कहिले उठ्ने, हामी स्वस्थ जीवन बाच्न चाहन्छौ लगाएतका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए।