थप २६३ जनामा कोरोना संक्रमण, ५०१ जना संक्रमणमुक्त


काठमाडौँ । नेपालमा थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा ३१६५ जनाको नमुना परीक्षण गर्दा २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २ जनाको मृत्यु भएको छ । त्यस्तै ५०१ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५,४३४ पुगेको मन्त्रालयले जनाएको छ ।