काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद सोमप्रसाद पाण्डेले आगामी पार्टीका अध्यक्ष माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भुमिकाको मूल्यांकन गरेर मात्रै आगामी निर्वाचनको सिट बाँडफाँट हुनुपर्ने बताएका छन् ।
मंगलबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले पार्टीले देउवालाई प्रधानमन्त्री बनाउँदा खेलेको भूमिकाको पनि कदर हुनुपर्ने बताए ।
उनले एकीकृत समाजवादीले सहयोग नगरेको खण्डमा देउवा प्रधानमन्त्री बन्न नसक्ने स्थिति रहेको भन्दै सबैलाई सबै क्षेत्रको भूमिकाको कदर गरेर सिट बाँडफाँट हुने बताए । उनले सिट बाँडफाँटका बारेमा शुरुमा धेरै वहस भएपनि निष्कर्ष सहजै निस्किने दाबी गरे ।
उनले अब पनि राष्ट्रिय सहमतिकै सरकार बन्नुपर्ने र राष्ट्रिय सहमतिबाट नै यो मुलुक अग्रगमन र समृद्धिको निम्ति लाग्नुपर्ने बताए । उनले भने, ‘ शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा माधव नेपालको पार्टीले गरेको सहयोगको पनि मूल्यांकन हुनुपर्छ । गठबन्धनलाई यहाँसम्म पुर्याउने कुराको पनि मूल्यांकन गरेर सिट बाँडफाँट हुनुपर्छ । गठबन्धनमा धेरै छलफल गर्छौं तर निस्कर्षमा सहजै पुग्छौँ ।’

प्रतिक्रिया