बन्चरेडाँडामा फोहोर बोकेर गएका १४ वटा टिपर तोडफोड


काठमाडौँ । बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बोकेर गएका सवारीसाधन सोमबार राति तोडफोड गरिएको छ । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका इन्जिनियर सरकारदीप श्रेष्ठले दुई वटा डोजर, एउटा स्काभेटर र १४ वटा टिपर तोडफोड भएको जानकारी दिए । सोमबार दिउँसो काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर बन्चरेडाँडामा ४० टिपर फोहोर विसर्जन गराएको थियो । राति अबेर भएपछि फोहोर बोकेका टिपर सशस्त्र प्रहरीको बेस क्याम्प नजिकै रहेको क्षेत्रमा पार्किङ गरेर राखिएका थिए ।