रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय गठबन्धनको सरकार विकास विरोधी भएको आरोप लगाएका छन् । सोमबार रौतहटको सदरमुकाम गौरमा पार्टीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धन गठबन्धन सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका हुन् ।
उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने र देशलाई निकास दिने बताएका हुन् । अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला रौतहटको विकासका लागि छनौट गरिएका धेरै योजनाहरु गठबन्धनको सरकारले हटाएको आरोप लगाए । उनले भने,‘माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा रौतहटको विकासका लागि सिन्कासमेत भाँचेनन् । अहिले आएर ठूला कुरा गर्न थालेका छन् ।’
उनले अरु पार्टीले २०–२५ वर्षमा गर्न नसकेको काम एमालेले ३ वर्षमा गरेर देखाएको दाबी गरे । कार्यक्रममा लोसपाबाट अघिल्लो स्थानीय तह निर्वाचनमा गौर नगरपालिकाबाट नगरप्रमुखमा चुनाव जितेका अजय गुप्तालाई अध्यक्ष ओलीले टीका लगाएर एमाले प्रवेश गराएका थिए ।

प्रतिक्रिया