हेटौंडामा चार सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना


हेटौंडा । मकवानपुरमा स्कुल बससहित ४ सवारीसाधन एक आपसमा ठोक्किएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रागोमाटे क्षेत्रमा स्कुल बससहित ४ सवारीसाधन एक आपसमा ठाक्किँदा एक दर्जन बढी घाइते भएका छन्।

घाइते मध्ये केही हेटौंडाको रिलायन्स स्कुलका विद्यार्थी रहेक प्रहरीले जनाएको छ । मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ। घाइते सबैलाई हेटौंडा अस्पताल लगिएको छ ।