निर्वाचनमार्फत राप्रपा मुलुकको प्रमुख शक्तिकारुपमा उदाउँछः सहायक महामन्त्री खड्का


दोलखा । राप्रपाको केन्द्रीय घोषित विरोधको कार्यक्रम अन्तरगत श्रावण २१ गते सक्रिय सदस्यता सचेतना कार्यक्रम दोलखालगायत मुलुका सवै निर्वाचन क्षेत्रमा भव्य रूपमा सम्पन्न भएको छ ।

दोलखामा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्वोधन गर्दै राप्रपा सहायक महामन्त्री विजय खड्काले विगत ३१ वर्षदेखि काग्रेस, कम्युनिष्टले वन्धक वनाएको मुलुकलाई आगामी मंसिरमा हुने संघीय र प्रदेशसभा निर्वाचनले निकास दिने वताएका छन् । उनले मुलुकको भ्रष्टाचार,वेथिति,पराधिनता तोड्न राप्रपा सशक्तरूपले उपस्थित हुने वताए ।

उनले दोलखाली जनताको मुहारमा खुसी ल्याउन राप्रपाले दोलखामा पनि सशक्त र परिणाम ल्याउने किसिमले उम्मेदवारी दिने वताए । उनले यसै निर्वाचनमार्फत राप्रपा मुलुकको प्रमुख शक्तिको रूपमा उदाउने र मुलुकमा राजसंस्था, हिन्दुराष्ट्र पुनस्र्थापन गर्न र संघीयताको खारेजी तथा समृद्ध नेपाल निर्माणको लागि यो निर्वाचन कोसेढुङ्गा सावित हुने वताए ।

\कार्यक्रममा राप्रपा सहायक प्रवक्ता प्रवीणकुमार थोकर, जिल्ला अध्यक्ष राजनवहादुर शिवाकोटी, जिल्ला सचिव दीपक कालिकोटेले सम्बोधन गरेका थिए । जिल्लाका सक्रिय अगुवा कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रम जिल्ला वरिष्ठ उपाध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा भएको तथा उद्घघोषण जिल्ला सचिव राम लामाले गरेका थिए ।