घुस मागेको आरोप पुष्टि गर्न चिकित्सा आयोगका उपाध्यक्ष गिरीको चुनौति


काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले विएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशकसँग आफूाले घुस मागेको आरोपको पुस्ट्याई गर्न चुनौति दिएका छन् ।

उपाध्यक्ष गिरीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घुस मागेको आरोप पुष्टि गर्न चुनौति दिएका हुन् । उनले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै कानूनी उपचारमा जाने बताए ।

उनले आफूमाथि लगाएको आरोप संचारमाध्यममा आउँदा आश्चार्यमा परेको भन्दै कपोलकल्पित आरोप लगाइएको बताए । आयोगका उपाध्यक्ष गिरीले आफु १५ मंसिरमा द्धारिकाज होटलमा नगएको र प्रसाइसँग भेट नभएको दाबी गरे ।

विएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बुधबार पत्रकार सम्मेलन गरी मेडिकल कलेजलाई सम्बन्धन दिन उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ अथवा १० प्रतिशत शेयर घुस मागेको आरोप लगाएका थिए ।

बिएण्डसी मेडिकल कलेजको सम्बन्धन दिन उपाध्यक्ष गिरीले २० करोड घुस मागेः दुर्गा प्रसाईं