काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले एकै परिवारका चार जना मृत भेटिएका जानकराी दिए ।
मृत्यु हुनेमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ । उनीहरुको हत्या भएको आशंका प्रहरीको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारी पुगेर अनुसन्धान सुरु गरेका छन् ।

प्रतिक्रिया