अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार नेपाल आउने


काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने भ्रमणका लागि बिहीबार नेपाल आउने भएका छन् । परराष्ट्र श्रोतका अनुसार एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेका लु दुई दिने नेपाल भ्रमणम आउन लागेका हुन् ।

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने जिम्मेवारीमा रहेका लु ले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । लुले यसअघि एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गराउन काठमाडौंमा आएर राजनीतिक र कुटनीतिक दौडधुप गरेका थिए । उनी यसपटक एसपीपी अनुमोदन गराउने सन्दर्भका नेपाल भ्रमणमा आउन लागेका बताइएको छ ।