बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी पूर्व (नवलपुर) को दाउन्नेमा भएको बस दुर्घटनामा २६ जना घाइते भएका छन्।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउपालिका २ दाउन्नेमा भएको उक्त बस दुर्घटना लगत्तै बसमा आगो लागेको थियो।
महेन्द्रनगरबाट काठमाण्डौ जादै गरेको ना ५ ख ५१०० नम्बरको यात्रु बाहक बस बुधबार बिहान साढे ५ बजेको समयमा अनियन्त्रित भई पल्टिएको प्रहरी चौकी दाउन्नेले जनाएको छ।
गाडी पल्टिदा भएको घर्षणपछि गाडीमा आगो लागेको अनुमान प्रहरीले जनाएको छ। बसमा ३५ जना सवार भएको भनिए पनि यकीन तथ्यांक आई सकेको छैन।
घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा पठाईएको प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले जानकारी दिए।

प्रतिक्रिया