मुमूलाई भारतीय राष्ट्रपतिमा निर्वाचित भएकोमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बधाई


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित भएकोमा द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएकी छन् । मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास राष्ट्रपति भण्डारीले गरेको ट्विट सन्देशमा उल्लेख छ ।

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले मित्रराष्ट्र गणतन्त्र भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित भएकामा द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार राति ट्विट गर्दै नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन् ।