उपसभामुख भुसालद्वारा शपथ ग्रहण


काठमाडौं । उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई शपथ ग्रहण गराएका हुन् ।

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सरकारका मन्त्री, संघीय संसदका कर्मचारीको उपस्थिति थियो । गौतम शुक्रबार एमालेकी विद्या भट्टराईलाई पराजित गर्दै उपसभामुखमा निर्वाचित भएकी थिइन्।