काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन् । जारी केन्द्रीय कार्यसमितिको बैठकमा शनिबार सभापति देउवाले पार्टीलाई बलियो बनाएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार बैठकमा सभापति देउवाले पार्टीभित्र एकलौटी गरेको भन्ने आरोपको बचाउ गरे ।
देउवाले आफूलाई खेद्ने काम नगर्न नेता शेखर कोइरालालाई आग्रह गरेका छन् । उनले नेता शेखर कोइरालालाई साथै लिएर जान चाहेको बताए । उनले भने, ‘बैठक बस्न परे केन्द्रीय कार्यालयमा गर्नुस् । मलाई खेद्ने काम नगर्नुस् । पार्टी बलियो बनाएर लैजान्छु ।’

प्रतिक्रिया