प्रचण्ड नयाँदिल्लीमा, चौथाइवालेले गरे स्वागत


काठमाडौं । नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेका हुन् । शुक्रबार दिउँसो नयाँदिल्ली  पुगेका प्रचण्डलाई इन्दिरागान्धी अन्तर्रास्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले स्वागत गरेका थिए ।

त्यस्तै नेपाली राजदुत शंकर शर्मा, भारत सरकारका उच्च अधिकारीहरु र नेपाली समुदायका प्रतिनिधिको पनि उपस्थिति थियो । तीन दिने भारत भ्रमणका लागि भारत गएका प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने बताइएको छ ।