सामान्य अंकले बढ्यो शेयर बजार


काठमाडौं । दुई दिनसम्म उच्च अङ्कले घटेको शेयर बजार मङ्गलवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार ११ दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय २७ दशमलव २८ विन्दुमा पुगेको छ । मंगलबार सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय २६ वटा कम्पनीका ४९ लाख ६७ हजार कित्ता शेयर एक अर्ब ७० करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै अरुण काबेली हाइड्रोको सात करोड ९५ लाख तथा गुर्खाज फाइनान्स र शिवम् सिमेन्टको झन्डै साढे सात करोड रुपैयाँका दरले शेयर किनबेच भएको छ । आज सप्तकोशी विकास बैंकको शेयर झन्डै साढे नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि नयाँ सारथी लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ ।