मणिपुर हिंसामा थप तीन जनाको मृत्यु



 

जातीय हिंसाबाट प्रताडित भारतको उत्तरपूर्वी राज्य मणिपुरको विष्णुपुर जिल्लामा गएराति भएको पछिल्लो हिंसामा तीन जनाले ज्यान गुमाएका छन् ।

बिहीबारदेखि नै उक्त जिल्लामा हिंसात्मक गतिविधि हुने आशङ्का गरेको प्रहरीले अमूल्य जीवन बचाउन नसकेकामा खेद प्रकट गरिएको छ । त्यहाँ गोली प्रहारका छिटपुट घटना सुनिएका तथा भीडभाड बढेका विवरण प्रहरीले प्राप्त गरेको थियो ।

यसैबीच, तीन महिनादेखि जातीय कलह र हिंसाबाट तहसनहस भएको मणिपुरमा राष्ट्रपति शासन लागू गर्न विपक्षीहरूले माग गरेका छन् । राज्यको मन्त्रिपरिषद्ले भने शुक्रबार राज्यपाल अनुसुया उइकेलाई विधानसभाको अधिवेशन यही अगस्ट २१मा बोलाउन सिफारिस गरेको छ ।

मणिपुर उच्च अदालतले राज्यको बहुसङ्ख्यक मेतेई समुदायलाई अनुसूचित जनजातिको सूचीमा थप्न राज्य सरकारलाई आदेश दिएपछि गत मे ३ देखि जारी मेतेई र कुकी समुदायबीच झडपमा एक सयभन्दा बढीको मृत्यु  भएको छ भने हजारौँ विस्थापित भएका छन् ।

मणिपुरको वर्तमान अवस्थालाई लिएर केन्द्रमा हिउँदे अधिवेशन प्रभावित भएको छ । विधानसभा र लोकसभामा विपक्षी महागठबन्धनका सदस्यहरूले केहीदिन अघि दुई जना महिलाको अस्मिता लुटेर उनीहरूलाई निर्वस्त्र बजार घुमाइएको बर्बर घटना तथा मणिपुरको वास्तविक वस्तुस्थितिबारे प्रधानमन्त्री नरेन्द्र मोदीले सदनलाई जानकारी गराउनुपर्ने माग गर्दै आएका छन् । उनीहरूले दुवै सदनका कारबाही अवरुद्ध गर्दै आएका छन्

हालै विपक्षी गठबन्धनको एक प्रतिनिधिमण्डलले मणिपुरको भ्रमण गरेर राज्यको वस्तुस्थितिबारे जानकारी लिनका साथै हिंसाका कारण विस्थापित भएकालाई राहत शिविरहरूमा भेटेको थियो । प्रतिनिधिमण्डलले राज्यपाल उइकेलाई भेटेर राज्यमा शान्तिसुव्यवस्था कायम गर्न विशेष प्रयासका निम्ति आग्रह गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानको सुरक्षा फौजले प्रदर्शनमा सहभागी किशोरीको यौन उत्पीडनपछि हत्या गरेको दस्ताबेज फेला

बीबीसी । इरानमा लागु गरिएको महिलाको पोसाकसम्बन्धी नियमको विरोध प्रदर्शनमा क्रममा १६ वर्षे

राष्ट्रपति सीद्वारा चीनमा सडक दुर्घटनापछि उद्धारकार्य र सुरक्षा सुधार गर्न निर्देशन 

  चिनियाँ राष्ट्रपति सी जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे दुर्घटनापछि शीघ्र उद्धार

युक्रेनद्वारा एआई–जनित विदेश मन्त्रालयको प्रवक्ता सार्वजनिक

  युक्रेनले बुधबार आफ्नो विदेश मन्त्रालयका तर्फबाट आधिकारिक बयान दिने भिक्टोरिया नामक एआई–जनित

रिपब्लिकन सांसदले अमेरिकी सदनका सभामुखलाई हटाउन प्रस्ताव पेश गर्ने

    अति दक्षिणपन्थी एक रिपब्लिकन सांसदले युक्रेनका लागि नयाँ सहायता प्याकेजको समर्थन