नाइजेरियामा विवाह समारोहबाट फर्किरहेको डुंगा पल्टिँदा एकसय जनाको मृत्यु भएको छ । क्वारा राज्यको पाटेगी जिल्लामा रहेको नाइजर नदीमा सोमबार बिहानै डुंगा पल्टिएको हो ।
दुर्घटनामा हालसम्म एकसय जनाको मृत्यु भएको छ भने अन्य सय जनालाई पानीबाट उद्धार गरिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका छन् ।
एग्बोटी गाउँमा विवाह सामारोह सकिएपछि विवाहमा सहभागी मानिसहरूलाई लिएर डुंगा फर्किरहेको थियो । डुंगामा दुई सयभन्दा बढी मानिसहरू सवार रहेका बताइएको छ ।

प्रतिक्रिया