ड्रोन आक्रमणमा कम्तीमा तीन यमनी सैनिकको मृत्यु



हुथी विद्रोहीहरुले गरेको ड्रोन हमलामा परेर यमनको सरकार कम्तीमा पनि तीन जना सैनिक मारिएका छन् ।

हुथी विद्रोहीहरुले यमनको दक्षिणी दाहेला प्रान्तमा आक्रमण गरेका थिए । आक्रमणमा परेर यमनी सरकारका कम्तीमा पनि तीन जना सैनिक मारिएका हुन् ।

दक्षिणी प्रान्तको दालेह प्रान्तमा रहेको यमनी सेनाको शिविरलाई लक्ष्य गरेर उनीहरुले हमला गरेका थिए । हुथीले आक्रमणका क्रममा विस्फोटक पदार्थसहितको ड्रोन हानेको बताइएको छ ।

उक्त प्रान्तमा केही समय यतादेखि हुथीहरुले यहाँको सरकारी सेनामाथि हमला गर्ने गरेका बताइएको छ ।

केही समय अघि पनि उनीहरुले सैनिक शिविरमा एक ड्रोनको माध्यमबाट एक शक्तिशाली क्षेप्यास्त्र नै प्रहार गरेका बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’