अफगानिस्तान, पाकिस्तान र भारतमा शक्तिशाली भूकम्पको झट्का



शुक्रवार साँझ हिन्दूकुश क्षेत्रमा केन्द्रबिन्दू भएको एक शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले जनाएको छ।

युएसजीएसले उक्त भूकम्पको शक्ति ६.१ म्याग्निट्यूड भएको जनाएको छ।

पाकिस्तानको राष्ट्रिय भूकम्प केन्द्रले भूकम्प ६.४ म्याग्‌निट्यूड मापन गरिएको भनेको छ।

पाकिस्तानको लाहोर, इस्लामाबाद, पेशावर, मर्री, मनसेहरा, बट्टग्राम,चिनिओट र गिलगिट-बाल्टिस्तानमा भूकम्पको धक्का महसुसु गरिएको डनन्यूजटिभिलाई उल्लेख गर्दै पाकिस्तानको डन समाचारपत्रले लेखेको छ।

भूकम्प गएपछि अत्तालिएका मानिसहरू आआफ्नो घर बाहिर जम्मा भैरहेका बताइएको छ।

इस्लामाबादमा संसदको बैठक चलिरहेका अवस्थामा भूकम्प गएकाले सांसदहरू संसद भवन खाली गरेर बाहिरिएका बताइएको छ।

देशको विदेशमन्त्रालयको कार्यालय बाहिर मन्त्री शाह मेहमुद कुरेशी लगायतका अधिकारीहरू उभिरहेका तस्बिरहरूपनि सार्वजनिक भएका छन्।

पाकिस्तानी समाचारपत्रहरूका अनुसार हालसम्म हताहतिको विवरणहरू प्राप्त भैसकेका छैनन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार राजधानी दिल्ली, मथुरा, लखनउ लगायत उत्तरी भारतका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो। दिल्ली र आसपासका क्षेत्र एवं पञ्जाबमा पनि भूकम्पको धक्का महसुस गरिएको बीबीसी हिन्दीले जनाएको छ।

सो भूकम्पको गहिराइ २१० किलोमिटर मापन गरिएको बताइन्छ। भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानमा भएको बताइएको छ। रोयर्टस समाचार संस्थाले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै पाकिस्तान, अफगानिस्तान र भारतका उत्तरी भागमा भवनहरू हल्लिएका उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतसँग मङ्गल र शुक्रग्रहमा पुग्ने सामथ्र्य रहेको इसरोको दाबी

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले चन्द्रमा, मङ्गल र शुक्रग्रहको

बङ्गलादेशको चालु घाटा तीन अर्ब तीस करोड डलर

सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्म बङ्गलादेशले करिब तीन अर्ब ३०

डिजिटल अर्थव्यवस्थालाई बढावा दिने बेइजिङको प्रयास जारी

बेइजिङको डिजिटल अर्थतन्त्रको थप मूल्य सन् २०२३ को पहिलो छ महिनामा ९१८.०५ अर्ब

मणिपुर हिंसामा थप तीन जनाको मृत्यु

  जातीय हिंसाबाट प्रताडित भारतको उत्तरपूर्वी राज्य मणिपुरको विष्णुपुर जिल्लामा गएराति भएको पछिल्लो