अमेरिकी राष्ट्रपति ट्रम्प संकटमा, डेमोक्र्याटिक सिनेटरद्वारा टेलिफोन वार्ता सम्बन्धी जानकारी माग



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिहेका डेमोक्र्याटिक सिनेटरले राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट जानकारी माग गरेका छन् ।

ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबिच भएको टेलिफोन वार्ता सम्बन्धी जानकारी माग गरिएको हो । ट्रम्प र जेलेन्स्कीबिच गएको जुलाई २५ मा टेलिफोन संवाद भएको थियो ।

त्यस क्रममा ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान गर्न आग्रह गरेका थिए । ट्रम्पले आगामी वर्ष हुने राष्ट्रपति चुनावमा आफ्ना सम्भावित प्रतिस्पर्धीको राजनीतिक छबी धुमिल पार्ने ध्येयका लागि आफ्नो शक्तिको दुरुपयोग गरी विदेशी शक्तिसँग अवैध रुपमा छानबिनका लागि आग्रह गरेको आरोप छ ।

ट्रम्पले कुनै किसिमको कमजोरी नगरेको दाबी गर्दै आएका छन् । विपक्षीले आफूमाथि राजीतिक आक्रमण मात्रै गरेको आरोप ट्रम्पको छ । तर छानबिनको क्रममा रहेका सदनका तीन समितिले प्रक्रिया अघि लगेपछि ट्रम्प समस्यामा आएका छन् ।

तल्लो सदनका तीन कमिटिले जेलेन्स्कीसँगको कुराकानीको जानकारी १८ अक्टोबर भित्र उपलब्ध गराउन ह्वाइट हाउसलाई आदेश दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवालाई प्रमुख वाहकका रुपमा परिचालन गरिने

काठमाडौँ । सरकारले युवालाई आर्थिक र सामाजिक रुपान्तरणका प्रमुख वाहकका रुपमा परिचालन गर्ने

विदेशबाट फर्किएर मौरीपालन, वार्षिक एक हजार ९५० किलो मह उत्पादन

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा

विदेशी मुद्रा आर्जन र विदेशी अनुभवको निम्ति पनि नेपालीलाई विदेश पठाउनुपर्छः वामदेव गौतम(अन्तरवार्ता)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव

सुनीताजीहरुले ‘स्टन्ट’ले मुलुक बन्दैन भन्ने बुझेको दिन हुनेछ पार्टी र देशको रूपान्तरण

-नारायण गाउँले । हरेक १० जना नेपालीमध्ये झन्डै तीन जनालाई एमाले मन पर्छ