चीन कम्युनिस्ट शासन सुरु भएको ७० औँ वार्षिकोत्सव मनाउँदै



जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्ष पुगेको अवसरमा चीनमा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्।

रक्तपातपूर्ण गृहयुद्धमा कम्युनिस्ट शक्ति विजयी भएपछि सन् १९४९ अक्टोबर १ तारिखमा माओत्सेतुङले जनवादी गणतन्त्र चीन गठनको घोषणा गरेका थिए।

त्यसयता आधुनिक चीनले असाधारण गतिले विकास गरेको छ। तर यो विश्वका धेरै अवरोधहरू भएका मुलुकमध्ये एउटा हो। चीनको राजधानी बेइजिङमा हालसम्मकै विशाल सैन्य परेड भइरहेको छ।

एउटा छोटो उद्घाटन सम्बोधनमा चीनका राष्ट्रपति सी जिन्पिङले भने, “कुनै पनि शक्तिले चिनियाँ र राष्ट्र (चीन)लाई अघि बढ्नबाट कहिल्यै पनि रोक्न सक्नेछैन।”

ट्याङ्क, क्षेप्यास्त्र प्रक्षेपण गर्ने मिसाइल लन्चर र अन्य सैनिक सामग्रीसहित १५ हजार सैनिकहरू मध्यबेइजिङको तियानआन्मेन स्क्वाएरमा भेला भएका छन्।

तर मङ्गलवारको कार्यक्रमलाई हङ्‌कङमा जारी प्रदर्शनले छायामा पार्न सक्ने खतरा बढाइदिएको छ। हङ्‍कङमा हजारौँ प्रदर्शनकारीहरू सडकमा आउने अपेक्षा गरिएको छ।

हङ्‌कङको समाज र राजनीतिमा बेइजिङको बढ्दो नियन्त्रणको विरोधमा उनीहरूले प्रदर्शन गरिरहेको बताउने गरेका छन्। प्रहरीले त्यसबारे विश्वसनीय जासुसी सूचना पाएको दाबी गरेको छ।

उक्त सूचनामा अभियानकर्ताहरूले हिंसात्मक घटनाको तयारी गरिरहेको र त्यस क्रममा रेल स्टेशन र पसलहरूमा आगजनी गर्ने कुरा रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजा युद्धले विश्व अर्थतन्त्रमा भावनात्मक प्रभाव परेको साउदी अरबको भनाइ

इजरायल र हमासबीच जारी युद्धले विश्वव्यापी आर्थिक भावनामा पारेको असरबारे सङ्केत गर्दै साउदी

टेस्लाका सिइओ एलन मस्क चीनमा

  अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार छलफलका लागि चीन

दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थलको टर्मिनल निर्माण सुरु

  अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा

पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश नदिएको अमेरिकी गुप्तचर निकायको दाबी

अमेरिकी गुप्तचर निकायले विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युका लागि रूसी राष्ट्रपति नै जिम्मेवार