इरानलाई नियन्त्रणमा नराखिए तेलको मूल्य सोच्दै नसोचेको तहमा बढ्ने साउदी युवराजको चेतावनी



साउदी अरबका युवराजले इरानलाई नियन्त्रणमा नराखिए तेलको मूल्य “सोच्दै नसोचेको तहमा बढ्ने” चेतावनी दिएका छन्।

युवराज मोहम्मद बिन सलमानले इरान र साउदी अरबबीच युद्ध भए त्यसले विश्वको अर्थतन्त्रलाई तहसनहस पारिदिने सम्भावना व्यक्त गरेका छन्।

दुई हप्ताअघि साउदी तेल खानी र प्रशोधन केन्द्रमा आक्रमणहरू भएका थिए। साउदी अरबले इरानलाई ती आक्रमणको दोष लगाउने गरेको छ।

सीबीएस न्यूजसँग कुरा गर्दै साउदी युवराजले पत्रकार जमाल खशोग्जीको हत्याको उत्तरदायित्व आफूले लिने बताएका छन्।

तर आफूले व्यक्तिगत रूपमा खशोग्जीको हत्या गर्न आदेश नदिएको उनको दाबी छ।उनी साउदी राजाका उत्तराधिकारी हुन्। उनलाई साउदी अरबमा सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ।

साउदी सरकारको आलोचना गर्ने पत्रकार खशोग्जीमाथि युवराजकै आदेशमा कारबाही भएको शङ्का गरिन्छ।

गत वर्ष अक्टोबर २ मा टर्कीस्थित साउदी कूटनीतिक नियोगमा खशोग्जीको हत्या भएको थियो। तर अहिलेसम्म उनको शव वा शारीरिक अवशेष भेटिएको छैन।

एउटा अमेरिक समाचार च्यानल सीबीएसमा प्रसारित अन्तर्वार्तामा उनले भने, “साउदी अरबको नेताका रूपमा म पूर्ण जिम्मेवारी लिन्छु खासगरी किनभने यो [खशोग्जीको हत्या] साउदी सरकारका लागि काम गर्ने व्यक्तिले गरेका थिए।”

तर आफूले खशोग्जीलाई मार्न आदेश नदिएको र त्यसबारे त्यतिबेला आफूलाई कुनै जानकारी नभएको दाबी गर्दै उनले आफूविरुद्ध लागेका आरोपहरू अस्वीकार गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी कर स्थगन विश्व अर्थतन्त्रलाई स्थिर बनाउन ‘महत्त्वपूर्ण कदम’ : इयु प्रमुख

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) की प्रमुख उर्सुला भन डेर लेयनले बिहीबार अमेरिकी

ट्रम्पको भन्सार विश्राम बजारलाई राहत तर चीनसँगको व्यापार युद्ध तीव्र बन्दै

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार विश्व बजारमा उत्साह जगाउँदै अधिकांश देशमा

भागेको बोआ कन्स्ट्रिक्टरप्रति सिड्नी सतर्क

सिड्नी । चाहे त्यो जोडले बग्ने छाल होस्, मानिस खाने गोही होस् वा

अमेरिकालाई अन्य करहरूको समीक्षा गर्न जापानको आग्रह

टोकियो। जापान सरकारले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ भन्सार शुल्कमा गरिएको रोकलाई