भारतको बिहार र उत्तर प्रदेशमा बाढीका कारण एक सय भन्दा बढीको मृत्यु



ठूलो वर्षा भएपछि बाढीका कारण भारतका उत्तर प्रदेश र बिहार राज्यमा १०० जनाभन्दा बढी मानिसको मृत्यु भएको  छ।

ती राज्यका सहरी क्षेत्रमा वर्षा र बाढीले जनजीवनलाई नराम्ररी प्रभावित बनाइदिएका दृश्यहरू सार्वजनिक भएका छन्।

अधिकारीहरूका अनुसार रेल सेवा, अन्य यातायात, स्वास्थ्य सेवा, विद्यालय तथा विद्युत् आपूर्ति अस्तव्यस्त भएका छन्। बिहीवारयता उत्तर प्रदेशमा मात्रै ९३ जनाको मृत्यु भएको बताइएको छ।

बिहारमा २९ जनाको मृत्यु भएको उक्त राज्यको विपद् व्यवस्थापन निकायले जनाएको छ। बाढीले बिहारको मुख्य सहर पटना पनि प्रभावित भएको छ।

पटनामा मानिसहरू डुङ्गा चढ्न बाध्य भएका छन्। सडकमा पानीमा डुबेका सवारीसाधनहरू देखिन्छन्। सामाजिक सञ्जालमा एकजना चालकले पानीबाट आफ्नो रिक्सा तान्न सङ्घर्ष गरिरहेको भिडिओ धेरैले प्रेषित गरेका छन्।

पटना शुक्रवारदेखि जलमग्न भएको हो। त्यहाँ धेरै आवासीय क्षेत्र डुबानमा परेका छन्। पीटीआई सामाचारसंस्थाले एक अधिकारीलाई उद्धृत गर्दै सहरमा परेको पानी “पूर्णत: अनपेक्षित” भएको उल्लेख गरेको छ।

बिहार सरकारले भारतीय वायुसेनालाई हेलिकप्टर तथा पानी फाल्ने उपकरण उपलब्ध गराउन अनुरोध गरेको छ। उत्तर प्रदेशमा पनि उस्तै परिस्थिति छ।

एक स्थानीय बासिन्दाले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार “पानीको अवस्था नराम्रो छ, बनारसको अवस्था नराम्रो छ”। त्यहाँ ढल निकास बिग्रिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी कर स्थगन विश्व अर्थतन्त्रलाई स्थिर बनाउन ‘महत्त्वपूर्ण कदम’ : इयु प्रमुख

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) की प्रमुख उर्सुला भन डेर लेयनले बिहीबार अमेरिकी

ट्रम्पको भन्सार विश्राम बजारलाई राहत तर चीनसँगको व्यापार युद्ध तीव्र बन्दै

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार विश्व बजारमा उत्साह जगाउँदै अधिकांश देशमा

भागेको बोआ कन्स्ट्रिक्टरप्रति सिड्नी सतर्क

सिड्नी । चाहे त्यो जोडले बग्ने छाल होस्, मानिस खाने गोही होस् वा

अमेरिकालाई अन्य करहरूको समीक्षा गर्न जापानको आग्रह

टोकियो। जापान सरकारले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ भन्सार शुल्कमा गरिएको रोकलाई