चीन र फ्रान्सबीच रणनीतिक साझेदारी गर्ने सहमति



चीनका विदेशमन्त्री वाङ यीले अन्तर्राष्ट्रिय मामिलामा फ्रान्ससँग रणनीतिक साझेदारी गर्न चीन इच्छुक रहेको बताएका छन् ।

राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा फ्रान्सेली विदेशमन्त्री जाँ–येभ्स ली ड्रायनसँगको भेटघाट पछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री वाङ यीले बदलिँदो विश्व परिवेशमा विश्व शान्ति र स्थायित्वका लागि मिलेर काम गर्नुको विकल्प नरहेको बताए ।

चीन र फ्रान्सका विदेशमन्त्रीहरु हाल संयुक्तराष्ट्र संघ महासभाको ७४औं बैठकमा सहभागी हुन हाल न्यूयोर्कमा छन् ।

चिनियाँ विदेशमन्त्री यीले संयुक्तराष्ट्र सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रका रुपमा रहेका चीन र फ्रान्सले विश्व बहुलवाद र खुला विश्व अर्थतन्त्र निर्माणमा मिलेर कार्य गर्नुपर्नेमा जोड दिए ।

उनले चिनियाँ राष्ट्रपति सी चिनफिङले गत मार्चमा गरेको फ्रान्सको औपचारिक भ्रमणले द्वीपक्षीय सम्बन्ध निर्माणमा नयाँ अध्याय प्रारम्भ गरेको बताए ।

सो अवसरमा फ्रान्सेली विदेशमन्त्री ली ड्रायनले दुबै मुलुकका राष्ट्राध्यक्षबीच उच्चस्तरको आपसी विश्वास रहेको बताउँदै दुबै देशले बदलिँदो विश्व परिवेशमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने खाँचो रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी कर स्थगन विश्व अर्थतन्त्रलाई स्थिर बनाउन ‘महत्त्वपूर्ण कदम’ : इयु प्रमुख

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) की प्रमुख उर्सुला भन डेर लेयनले बिहीबार अमेरिकी

ट्रम्पको भन्सार विश्राम बजारलाई राहत तर चीनसँगको व्यापार युद्ध तीव्र बन्दै

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार विश्व बजारमा उत्साह जगाउँदै अधिकांश देशमा

भागेको बोआ कन्स्ट्रिक्टरप्रति सिड्नी सतर्क

सिड्नी । चाहे त्यो जोडले बग्ने छाल होस्, मानिस खाने गोही होस् वा

अमेरिकालाई अन्य करहरूको समीक्षा गर्न जापानको आग्रह

टोकियो। जापान सरकारले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ भन्सार शुल्कमा गरिएको रोकलाई