जर्मनीमा बन्दुकधारीको आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

पूर्वी जर्मनीको हाला नगरस्थित एउटा यहुदीहरूले प्रार्थना गर्ने स्थान बाहिर भएको बन्दुक आक्रमणको घटनामा कम्तीमा दुईजना मारिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार एक जनालाई पक्राउ गरिएको छ। अन्य सन्दिग्धहरू गाडीमा भागेको ठानिएको छ।

पाउलूस क्षेत्रमा घटना भएको हो। प्रत्यक्षदर्शीहरूका अनुसार एकजना बन्दुकधारी सैनिकको जस्तो पोशाकमा थिए र कैयौँ अस्त्र बोकेका थिए।

एकजना प्रत्यक्षदर्शीले स्थानीय एन टीभीलाई बताए अनुसार सैनिकको जस्तो पोशाकमा रहेका बन्दुकधारीले एउटा डोनर कबाब पसलमा गोली चलाउन शुरू गरे।

“त्यो मान्छे पसलमा आयो र ग्रिनेडजस्तो केही फाल्यो तर त्यो पड्किएन। त्यसपछि उसले गोली चलाउन थाल्यो”, ती प्रत्यक्षदर्शीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० बन्दुकधारीको मृत्यु

नाइजेरियाली सेनाले पछिल्लो दुई सातामा गरेको कारबाहीमा ४० जना बन्दुकधारी मारिएको एक सैनिक

फ्रान्समा भएको विरोध प्रदर्शनका कारण बेलायतका राजा चाल्र्सको फ्रान्स भ्रमण स्थगित

अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण फ्रान्सका राजा चाल्र्स तृतीयको

लेबनानलाई वित्तीय सुधारलाई तीव्रता दिन आईएमएफको आग्रह

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले वित्तीय सुधारको कार्यान्वयनलाई तीव्रता दिन लेबनानलाई निर्देशन दिएको

राहुल गान्धीको सांसद पद खारेज

भारतमा कंग्रेस नेता राहुल गान्धीको लोकसभाको सदस्यको पद खारेज गरिएको छ । लोकसभा