सरकार विरुद्ध प्रदर्शनका कारण हङकङमा रेल सेवा अवरुद्ध



हङकङ सरकार विरुद्ध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुका कारण आज बिहानदेखि रेल सेवा अवरुद्ध भएको छ ।

सुपुदर्गी विधेयक विरुद्ध चार महिना पहिला सुरु भएको आन्दोलनले अहिले उग्ररुप लिँदै गएपछि सरकारले शुक्रवार हङकङमा मास्क लगाएर हिँड्न प्रतिबन्ध लगाएको थियो । प्रदर्शन उग्र बन्दै गएपछि सरकारले विधेयक फिर्ता लिएपनि आन्दोलन रोकिएको छैन ।

शुक्रवार भएको प्रदर्शनमा मास्कधारी प्रदर्शनकारीको खुट्टामा प्रहरीले चलाएको गोली लागेपछि हङकङको अवस्था थप तनावपूर्ण बन्दै गएको हो। प्रदर्शनकारीहरुले मास्क नलगाउन सरकारले जारी गरेको सूचना अवज्ञा गर्न समेत आह्वान गरेका छन् ।

मास्कधारी प्रदर्शनकारीहरुले केही महिनायता हङकङका राजमार्ग र विमानस्थल कब्जामा लिएर प्रदर्शन गर्दै आएका छन् । यस्तै उनीहरुले प्रहरीमाथि नै पेट्रोल बम प्रहार गर्दै आएका थिए । रेल सेवा ठप्प हुँदा सुपरमार्केट र बैंकहरु समेत बन्द हुन पुगेको बताइएको छ । हवाइ सेवा समेत प्रभावित हुनसक्ने अवस्था सिर्जना भएको छ ।

चार महिनाअघि हङकङ सरकारले संसदमा मेनल्यान्ड चाइनामा अभियुक्तहरुलाई सजिलै सुपुर्दगी गर्ने कानुन प्रस्ताव गरेको थियो। आन्दोलनमा चीनबाट हङकङलाई स्वतन्त्र बनाउने पक्षधरहरुको बाहुल्यता रहेको छ ।

हाल प्रदर्शनरत पक्षलाई ’आतंकवाद’ सँगै तुलना गर्दै चीनले हङकङमा चीनको झण्डा जलाउने, चिनियाँ कार्यालयहरुमा तोडफोड भएको भन्दै अवस्था नियन्त्रणमा लिन हङकङमा चिनियाँ जनमुक्ति सेना परिचालन हुन सक्ने चेतावनी दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः निर्वाचित

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएका छन् । जारी राष्ट्रपतीय निर्वाचनमा

आईएमएफद्वारा आर्थिक सुधार गरेकामा श्रीलङ्काको प्रशंसा

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले  श्रीलङ्काको आर्थिक सुधारमा भएको प्रगतिको प्रशंसा गरेको छ ।

तपाईंले बौद्ध धर्म, दर्शन र साहित्य पढ्नुभएन भने लुम्बिनीमात्रै बुद्धभूमि हो जस्तो लाग्छ

नारायण गाउँले । गौतम बुद्धको भूगोल मूलतः नेपालको लुम्बिनी अञ्चलदेखि भारतको उत्तरप्रदेश र