नयाँदिल्लीका दश ठाउँमा आतङ्कवादी आक्रमणको चेतावनी



भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन् ।

महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ । उनीहरुले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको चेतावनी दिइएको प्रहरी अधिकारीहरुको भनाई छ ।

प्रहरीले हमलाको सूचना पाएको बताए पनि अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ गरेको छैन । आक्रमण गर्ने योजना बनाएकाहरुको खोजी र सुरक्षा व्यवस्था कडा पार्ने कार्य भइरहेको दिल्ली प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नागोर्नो काराबाखमा इन्धन डिपो विष्फोट हुँदा २० जनाको मृत्यु

नागोर्नो काराबाखमा इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन् । स्थानीय

चीनका विदेशमन्त्री भन्छन् -एपेक बैठक सहयोग विस्तारमा केन्द्रित हुनुपर्छ

चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक सहयोग

कुक आइल्याण्डस् र निउलाई अमेरिकी मान्यता

  संयुक्त राज्य अमेरिकाले दक्षिण प्रशान्त महासागरमा अवस्थित साना टापु राज्य कुक आइल्याण्डस्

आर्थिक मामिलामा नियमित छलफल गर्ने चीन र युरोपेली संघबीच सहमति

चीन र युरोपेली सङघले बृहत् आर्थिक मुद्दाहरूमा नियमितरुपमा छलफल गर्न सहमति जनाएका छन्