चीन कम्युनिस्ट शासन सुरु भएको ७० औँ वार्षिकोत्सव मनाउँदै



जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्ष पुगेको अवसरमा चीनमा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्।

रक्तपातपूर्ण गृहयुद्धमा कम्युनिस्ट शक्ति विजयी भएपछि सन् १९४९ अक्टोबर १ तारिखमा माओत्सेतुङले जनवादी गणतन्त्र चीन गठनको घोषणा गरेका थिए।

त्यसयता आधुनिक चीनले असाधारण गतिले विकास गरेको छ। तर यो विश्वका धेरै अवरोधहरू भएका मुलुकमध्ये एउटा हो। चीनको राजधानी बेइजिङमा हालसम्मकै विशाल सैन्य परेड भइरहेको छ।

एउटा छोटो उद्घाटन सम्बोधनमा चीनका राष्ट्रपति सी जिन्पिङले भने, “कुनै पनि शक्तिले चिनियाँ र राष्ट्र (चीन)लाई अघि बढ्नबाट कहिल्यै पनि रोक्न सक्नेछैन।”

ट्याङ्क, क्षेप्यास्त्र प्रक्षेपण गर्ने मिसाइल लन्चर र अन्य सैनिक सामग्रीसहित १५ हजार सैनिकहरू मध्यबेइजिङको तियानआन्मेन स्क्वाएरमा भेला भएका छन्।

तर मङ्गलवारको कार्यक्रमलाई हङ्‌कङमा जारी प्रदर्शनले छायामा पार्न सक्ने खतरा बढाइदिएको छ। हङ्‍कङमा हजारौँ प्रदर्शनकारीहरू सडकमा आउने अपेक्षा गरिएको छ।

हङ्‌कङको समाज र राजनीतिमा बेइजिङको बढ्दो नियन्त्रणको विरोधमा उनीहरूले प्रदर्शन गरिरहेको बताउने गरेका छन्। प्रहरीले त्यसबारे विश्वसनीय जासुसी सूचना पाएको दाबी गरेको छ।

उक्त सूचनामा अभियानकर्ताहरूले हिंसात्मक घटनाको तयारी गरिरहेको र त्यस क्रममा रेल स्टेशन र पसलहरूमा आगजनी गर्ने कुरा रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानी अर्बपति चन्द्रमाको यात्रामा जान ईच्छुक आठजनाको खोजीमा

जापानका एक अर्बपति युसाका माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरीबाट आठ जना

विश्वमा ९ करोड १४ लाख बढी मानिस कोरोनामुक्त,२५ लाख ७१ हजारको मृत्यु

विश्वमा नौ करोड १४ लाख ६५ हजार ५२४ जना  कोरोना भाइरस संक्रमित कोरोनामुक्त

म्यान्मारमा सैनिक कू विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै,सेनाको गोली प्रहारबाट एकैदिन ३८ प्रदर्शनकारीको मृत्यु

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । गत फेब्रुअरी

अष्ट्रेलियाका अन्तर्राष्ट्रिय सीमा जुनसम्म बन्द नै रहने

अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना आगामी जुनसम्म पनि बन्द नै रहने भएको छ । यसअघि