ट्रम्पका प्रतिस्पर्धीमाथि ‘अनुसन्धान नगर्ने पक्षमा’ युक्रेन



युक्रेनका भूतपूर्व मुख्य अभियोजनकर्ताले युक्रेनसँग अमेरिकी राष्ट्रपति डोनल्ड ड्रम्पका राजनीतिक प्रतिस्पर्धी जो बाइडनबारे अनुसन्धान गर्नुपर्ने कुनै कारण रहेको नरहेको बताएका छन्।

योरी लुत्सेन्कोका अनुसार जो बाइडन र उनका छोरा हन्टर बाइडनमाथि कुनै अनुसन्धान भए त्यो अमेरिकाबाट सुरु हुनुपर्छ।

उनले भने, “युक्रेनी कानुनअनुसार जो बाइडन र हन्टर बाइडनमाथि अनुसन्धान गर्नुपर्ने कुनै कारण मलाई थाहा छैन।”

बाइडन बावुछोरामाथि युक्रेनमा भ्रष्टाचारसम्बन्धी अनुसन्धान सुरु गराउने प्रयास ट्रम्पले गरेको थाहा भएपछि अमेरिकी संसद्‌मा उनीविरुद्ध महाभियोग लगाउने विषयमा छानबिन हुँदैछ।

आगामी राष्ट्रपतीय निर्वाचनमा डेमक्र्याटिक पार्टीबाट उम्मेदवार बन्ने अनुमान गरिएका जो बाइडनविरुद्ध ट्रम्पले युक्रेनमा भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दबाव दिएको आरोप लागेको छ।

ह्वाइट हाउसले पछि सार्वजनिक गरेको वार्ताको लिखित प्रतिलिपिमा त्यसलाई पुष्टि गर्ने आधार देखिएको छ।

डेमक्र्याटिक सांसदहरूले ट्रम्पविरुद्ध संसदीय समितिमै अनुसन्धान सुरु गराएका छन्।

बराक ओबामाका उपराष्ट्रपति बाइडनले आफ्ना छोरा कार्यरत एउटा कम्पनीविरुद्ध अनुसन्धान गरिरहेका युक्रेनका उच्च अभियोजनकर्तालाई पदमुक्त गर्न उक्साउन खोजेको आरोप ट्रम्प र उनका सहयोगीहरूले लगाउने गरेका छन्।

हन्टर बाइडन सन् २०१४ मा युक्रेनको एउटा प्राकृतिक ग्यास कम्पनीका निर्देशक थिए। त्यतिबेला उनका बुवा युक्रेनबारे अमेरिकी नीति हेर्ने मुख्य भूमिकामा थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आईएईए प्रमुखद्वारा यूक्रेनी परमाणु उर्जा केन्द्रको निरीक्षण

संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय (आइएईए)का प्रमुख युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रको दुर्लभ

बेलायतले शरणार्थीलाई अब सैन्य अखडामा राख्ने

बेलायतले शरणार्थीलाई अस्थायी रूपमा अप्रयुक्त सैन्य अखडामा राख्ने बताएको छ । होटलको बिल

आणविक हतियारको संख्यामा बृद्धि

एक नयाँ प्रतिवेदनले सन् २०२२ मा रूस र चीनद्वारा सञ्चालित आणविक हतियारको सङ्ख््यामा

‘कृत्रिम बौद्धिकताको व्यापकता’ रोक्न मस्कको आग्रह

अर्बपति एलन मस्क र केही विज्ञहरूले शक्तिशाली ‘कृत्रिम बौद्धिकता (एआई) को व्यापकता’ को