ठूलो सङ्ख्यामा साउदी सैनिकलाई नियन्त्रणमा लिइएको यमनका हूथी विद्रोहीको दाबी



हूथी विद्रोहीहरूले यमन र साउदी अरबको सीमानजिकै गरिएको एउटा आक्रमणमा ठूलो सङ्ख्यामा साउदी सैनिकहरूलाई नियन्त्रणमा लिइएको दाबी गरेका छन्।

हूथी समूहका एक प्रवक्ताले बीबीसीलाई साउदी अरबका तीनवटा टुकडीले साउदी सहर नज्रानमा आत्मसमर्पण गरेको बताएका छन्।

उनका अनुसार हजारौँ साउदी सैनिकलाई नियन्त्रणमा लिइएको छ भने धेरैको मृत्यु भएको छ। साउदी पक्षले त्यस दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन।

यमनमा सङ्घर्ष सुरु भएपछि साउदी सेनाविरुद्ध गरिएका सैन्य कारबाहीमध्ये नज्रानको घटना सबैभन्दा ठूलो भएको ती प्रवक्ताले बताए।

कर्नेल याहिया सारियाका अनुसार साउदी फौजले ठूलो मानवीय र भौतिक क्षति बेहोरेको छ। नियन्त्रणमा लिइएका सबैलाई हूथी विद्रोहीले सञ्चालन गरेको एउटा टेलिभिजनमा आइतवार देखाइने उनले बताए।

गत सेप्टेम्बर १४ मा साउदी अरबका तेल खानी र प्रशोधन केन्द्रमा आफूले ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको हूथी विद्रोहीहरूले दाबी गरेका छन्। उनीहरूलाई इरानको समर्थन छ।

साउदी तेल केन्द्रहरूमा आक्रमण भएपछि साउदी अरबले तेल उत्पादनमा कटौती गरेको थियो। त्यसबाट विश्वभरि तेलको मूल्य प्रभावित भएको थियो।

अमेरिका, यूके, फ्रान्स र जर्मनीको समर्थन पाएको साउदी अरबले ती आक्रमणहरू इरानले गराएको आरोप लगाएको छ। तर इरानले आफू ती घटनामा संलग्न नभएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल

युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल भएको छ । युक्रेनी कृषि

पर्यटक भित्राउन म्यान्माको नयाँ उपाय, नेपालसहित ४ देशलाई बिना भिषा प्रवेश दिने

म्यानमाले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिषा

अमेरिकी सहायता बिना युद्ध जित्न नसक्ने जेलेन्स्कीको भनाइ

अमेरिकी संसदमा रिपब्लिकन पार्टीका सन्देहको सामना गर्दै अर्बौं डलरको सहायता प्रवाहमा कटौती गरिएमा

बुर्किनाफासोमा जिहादी समूहको आक्रमणमा १६ सर्वसाधारणको मृत्यु

बुर्किना फासोमा सन्दिग्ध जिहादीसमूहले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा परी सेनाका चार सहयोगीसहित १६