कब्जामा लिइएको ब्रिटिश ट्याङ्कर इरानद्वारा फिर्ता



जुलाइमा इरानले कब्जामा लिएको ब्रिटिश ध्वजाबाहक ट्याङ्करलाई दुई महिनापछि तेहरानले छाडिदिएको छ। स्टेना इम्पेरो नामक स्विडिश स्वामित्वको पानीजहाज अन्तर्राष्ट्रिय जलक्षेत्रमा पुगिसकेको र दुबइतर्फ लागेको बताइएको छ।

जिब्राल्टरमा ब्रिटिश नौसैनिकको मद्दतमा एक इरानी ट्याङ्कर कब्जामा लिइएको दुई सातापछि सो पानीजहाजलाई इरानले कब्जा गरेको थियो।

इरानले उक्त ब्रिटिस ट्याङ्करले अन्तर्राष्ट्रिय सामुद्रीक नियम तोडेको हुनाले कब्जामा लिएको बताएको थियो।

तर ब्रिटेनले भने इरानी ट्याङ्कर कब्जामा लिइएकाले बदलास्वरूप दबाव दिन उसको जहाजलाई समातिएको आरोप लगाएको थियो।

सो जहाजलाई स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानी फौजले कब्जामा लिएको थियो।

पानीजहाजको स्वामित्व गर्ने स्वीडिस कम्पनीका प्रमुखका अनुसार त्यसमा सवार चालक दलका सदस्यहरूलाई दुबइमा सोधपुछ गरेर स्वास्थ्यउपचार गरिनेछ।

नजानिन जगारी र्‍याटक्लीफ नामक ब्रिटिश महिलालाई गलत आरोपमा तेहरानले पक्राउ गरिराखेको सन्दर्भमा पनि दुई देशबीच विवाद छ।

अनि विगतमा बेच्छु भनेर पैसा लिइसकेपनि ट्याङ्क तेहरानलाई हस्तान्तरण नगरेको विवाद पनि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसद्वारा ओमिक्रोनविरुद्धको खोप बनाउन सुरु

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ ।

नाइजेरियाको जेलमा भएको आक्रमणमा ११ जनाको मृत्यु, २५२ बन्दी फरार

नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको

ओमिक्रोनले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम बढाउने डब्लूएचओको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम

चीनको जेलबाट भागेका उत्तर कोरियाली नागरिक ४० दिनपछि पक्राउ

चीनको एउटा कारागारबाट भागेका एक उत्तर कोरियाली नागरिक ४० दिनपछि पक्राउ परेका छन्