खुला ठाउँमा दिसा-पिसाब गरेको आरोपमा दलित बालबालिकाको हत्या



खुला स्थानमा दिसा-पिसाब गरेको भन्दै दुईजना दलित बालबालिकाको हत्या गरेको आरोपमा भारतको मध्यप्रदेशमा दुईजना व्यक्तिहरू पक्राउ परेको प्रहरीले बताएको छ।

मध्यप्रदेशको शिवपुरी जिल्लाको भावडखेडी गाउँको सडक नजिकै खुला स्थानमा दिसा-पिसाब गरिरहेको अवस्थामा ती बालबालिकामाथि आक्रमण भएको प्रहरीको भनाइ छ।

आक्रमणमा पर्नेमा वाल्मीकि समाजका १२ वर्षीया रोशनी र १० वर्षका अविनाश नामका बालबालिका रहेका छन्। पीडितका पारिवारले बीबीसी हिन्दीसँग घरमा शौचालय नभएकाले उनीहरूले खुला स्थानमा दिसा-पिसाब गरेको बताएका छन्।

लाखौँ गरिब भारतीयहरूले खुला स्थानमा दिसा-पिसाब गर्ने गर्छन्। त्यसले विशेषगरी महिला र बालबालिकालाई जोखिममा पार्ने गरेको छ। हिन्दू वर्णव्यवस्थामा दलितहरूलाई सबैभन्दा तल्लो जात मान्ने गरिन्छ। भारतीय कानुनले उनीहरूमाथि भेदभाव गर्न रोक लगाएको छ।

तर अझै पनि भारतमा दलितहरूले निकै भेदभावको सामना गर्ने गर्छन्। “ती दुईजना बालबालिकाहरूलाई लाठीले मृत्यु हुने गरी कुटिएको रहेछ,” प्रहरी उपरीक्षक राजेश चण्डेलले बीबीसी हिन्दीका शुरैय नियाजीसँग भने, “हामीले दुवै अभियुक्तविरुद्ध हत्याको मुद्दा चलाएका छौँ। उनीहरूको बयान लिइएको छ।”

बुधवार बिहान भएको उक्त हमलाको केही घण्टापश्चात् नै प्रहरीले दुईजना माथिल्लो जातका भनिने मानिसहरू रामेश्वर यादव र हकिम यादवलाई पक्राउ गरेको हो।

रोशनी र अविनाश फुपू र भदाहा थिए। रोशनीलाई अविनाशका अभिभावकले पालनपोषण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका–भारत सैन्य अभ्यास अलास्कामा

अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा शुरु भएको छ ।

दिल्लीस्थित अफगानी दूतावास बन्द हुने

नयाँदिल्लीमा रहेको अफगान दूतावास शनिबारदेखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका

एकवर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल

एकवर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल भएपनि दुई

नागोर्नो–काराबाखको इन्धन डिपो विष्फोट हुँदा मृत्यु हुनेको संख्या एक सय ७० पुग्यो

  नागोर्नो–काराबाखको इन्धन डिपोमा भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ७०