इजरायलमा संयुक्त सरकार गठन हुने



इजरायलका प्रधानमन्त्री र मुख्य विपक्षी नेताबीच संयुक्त सरकार बनाउन अग्रसरता लिने एउटा उल्लेखनीय सहमति भएको त्यहाँका राष्ट्रपतिले जनाएका छन् ।

राष्ट्रपति रूभेन रिभ्लिनले प्रधानमन्त्री बेन्जमिन नेतन्याहु र विपक्षी नेता बेनी ग्यान्ट्ससँगको भेटपछि दुवै नेताले महत्वपूर्ण कदम चालेको बताएका हुन् । राष्ट्रपतिले दुई प्रतिस्पर्धी नेतासँग गरेको छलफलको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

तर उनले भने, “हामीले एउटा विशेष कदम अघि बढाएका छौँ।“ संयुक्त वक्तव्यमा प्रधानमन्त्री नेतन्याहु र ग्यान्ट्सले पनि नयाँ सरकार गठनको निम्ति वार्ता गर्ने सहमति भएको जनाएका छन् ।

उनीहरूका अनुसार दुवै दलका वार्ताकारहरूबीच मङ्गलवार छलफल हुनेछ । यो वर्ष दोस्रो पटक भएको गत साताको निर्वाचनमा कसैको बहुमत नआएपछि त्यहाँ राजनीतिक अन्योल कायम छ ।

ग्यान्ट्सको गठबन्धनले ३३ र नेतन्याहुको दलले ३१ सीट जितेका छन् । राष्ट्रपतिले दुवै पक्षलाई सरकारमा सहभागी गराउने उपाय सुझाएका छन् ।

आफ्ना वार्ताकारहरूको छलफलपछि दुवै नेताले फेरि राष्ट्रपतिलाई भेट्ने बताइएको छ । राष्ट्रपतिले एक वर्षमा तेस्रो पटक चुनाव गराउनुपर्ने अवस्था आउन नदिने आफूले सक्ने सबै कुरा गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानमा भाङ उत्पादनलाई कानुनी मान्यता

जापानको संसदले भाङबाट प्राप्त हुने चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको छ 

साउदी अरबको बजेट घाटा हुने प्रक्षेपण

साउदी अरबले सन् २०२३ मा कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत र सन् २०२४

विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई गर्ने प्रस्ताव

ब्रसेल्सले बेलायत र युरोपेली सङ्घ (ईयू) बीच जनवरीदेखि लागु हुने गरी विद्युतीय सवारी

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर

  चीनले नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ