पाकिस्तानले भारतीय प्रधानमन्त्री मोदीका लागि आफ्नो एयरस्पेस नखोल्ने



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि पाकिस्तानले आफ्नो एयरस्पेस खोल्न अस्वीकार गरेको छ। पाकिस्तानबम विदेश मन्त्री शाह महमूद कुरैशीले मोदीका लागि आफ्नो एयर स्पेश प्रयोगको अनुमति दिन नसकिने बताएका हुन्।

विदेश मन्त्री शाह महमुद कुरैशीले यो निर्णय कश्मीरको पछिल्लो अवस्थालाई लिएर गरिएको हो। पाक विदेश मन्त्रीले भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीका लागि २० सेप्टेम्बरमा जर्मनी गएर २८ सेप्टेम्बरमा फर्किनका लागि एयर स्पेस खोल्न आग्रह गरिएको थियो।

पाकिस्तानको यस कदमको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले निन्दा गरेका छन्। पाकिस्तानले दुई साता भित्र दोस्रो पटक आफ्नो एयरस्पेस बन्द गरेको छ।

पाकिस्तानले यसअघि भारतीय राष्ट्रपति राम नाथ कोविन्दको उडानका लागि आफ्नो एयरस्पेस खोल्न इन्कार गरेको थियो।

समाचार अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी २० सेप्टेम्बरमा अमेरिका जानका लागि पाकिस्तानी एयरस्पेसको प्रयोग गर्नेवाला थिए। मोदीले हाउस्टनमा भारतीय अमेरिकी समुदायलाई सम्बोधन गर्नेछन्। त्यसपछि उनले २७ सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनी सङ्कटबारे टर्कीका राष्ट्रपति एर्दोगान र पुटिनबीच फोनवार्ता

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रूसी समकक्षी भ्लादिमिर पुटिनसँग बुधबार टेलिफोन वार्ता गरी

काखोभका बाँध भत्किएपछि हजारौं युक्रेनी विस्थापित

रूसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किँदा आसपासका दर्जनौं गाउँ र शहरका वरपरका केही

बङ्गलादेशमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

बङ्गलादेशको सिलेट जिल्लामा बुधबार ट्रक र पिकअप भ्यान एकआपसमा ठोक्किँदा कम्तीमा १४ जनाको

कलेज प्रवेशको अति कठिन परीक्षामा एक करोड चिनियाँ विद्यार्थी

विद्यालय शिक्षा पूरा गरेका एक करोड ३० लाख चिनियाँ विद्यार्थी कलेज प्रवेशको अति