पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरेबिया भ्रमणमा



पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिहीबार साउदी अरेबियातर्फ लागेका छन् । संयुक्त राष्ट्रसंघ साधारण सभाको ७४ औ अधिवेशनमा भाग लिन न्युयोर्क जानुअघि उनी दुई दिनको भ्रमणका क्रम साउदी अरेबिया पुगेका हुन् ।

साउदी भ्रमणको क्रममा प्रधानमन्त्रीले साउदी नेतासँग भारतीय नियन्त्रित काश्मिरको “गम्भीर अवस्था“ को विभिन्न विषयमा छलफल गर्नेछन् ।

उनले काश्मिरको विशेष स्थिति खारेज गर्ने भारत सरकारको गत महिना निर्णयपछिको अवस्थाको विषयमा छलफल गर्ने बताइएको छ ।

प्रधानमन्त्री खानले काश्मिरको मुद्दामा साउदी राजकुमार मोहम्मद बिन सलमानसँग नियमित सम्पर्कमा रहेका प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।

प्रधानमन्त्रीको भ्रमणको क्रममा दुबै पक्षले आर्थिक साझेदारीलाई थप सुदृढ पार्ने तरिकाहरूमा पनि छलफल गर्नु हुने अनुमान गरिएको छ ।

साउदी राजकुमारले सन् २०१९ फेबु्रअरीमा पाकिस्तानको भ्रमण गरेका थिए । पाकिस्तान र साउदी अरेबिया सम्बन्धमा बढ्दो गति बढदै गएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आईएईए प्रमुखद्वारा यूक्रेनी परमाणु उर्जा केन्द्रको निरीक्षण

संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय (आइएईए)का प्रमुख युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रको दुर्लभ

बेलायतले शरणार्थीलाई अब सैन्य अखडामा राख्ने

बेलायतले शरणार्थीलाई अस्थायी रूपमा अप्रयुक्त सैन्य अखडामा राख्ने बताएको छ । होटलको बिल

आणविक हतियारको संख्यामा बृद्धि

एक नयाँ प्रतिवेदनले सन् २०२२ मा रूस र चीनद्वारा सञ्चालित आणविक हतियारको सङ्ख््यामा

‘कृत्रिम बौद्धिकताको व्यापकता’ रोक्न मस्कको आग्रह

अर्बपति एलन मस्क र केही विज्ञहरूले शक्तिशाली ‘कृत्रिम बौद्धिकता (एआई) को व्यापकता’ को