अफगानिस्तानका रक्षामन्त्रीको निवासमा तालिबानको हमला, कम्तीमा चारको मृत्यु



अफगानिस्तानका रक्षामन्त्रीको निवासमा सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । आक्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी घरबाहिर भएकाले बच्न सफल भएका छन् ।

बन्दुकधारीहरूले मङ्गलबार काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्रीको निवासमा कार बम हमला गरेका थिए । साथै उनीहरूले गोली पनि चलाएका थिए । रक्षामन्त्रीको परिवारका सदस्यहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको छ ।

उक्त हमलामा संलग्न आक्रमणकारीहरू पनि सुरक्षाकर्मीद्वारा मारिएका छन् । मुख्य अफगान सहरहरूमा तालिबान विद्रोही र सरकारी फौजबीच लडाइँ जारी रहेको तथा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले तत्कालै हिंसा अन्त्य गर्न आह्वान गरेका बेला उक्त आक्रमण भएको हो । सुरक्षा अधिकारीहरूले एएफपी समाचार संस्थालाई घटनामा चारजना मारिएको बताएका छन् ।

इटलियन आकस्मिक चिकित्सा परोपकारी संस्थाले चाहिँ काबुलस्थित आफ्नो स्वास्थ्य सेवा निकायमा उक्त घटनामा मारिएका चारजनाको शवका साथ ११ जना घाइते पनि ल्याइएको बताएको छ ।

अमेरिकी विदेश मन्त्रालयले उक्त हमला तालिबानले गराएको देखिने सबै लक्षणहरू भएको बताएको छ । अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तका सहरमा अफगान फौज र तालिबानबीच भीषण लडाइँ जारी छ । संयुक्त राष्ट्रसङ्घले मङ्गलबार लश्कर गाह सहरमा अघिल्लो दिन मात्र कम्तीमा ४० सर्वसाधारण मारिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतको आम निर्वाचनमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

लण्डन । बेलायत सरकारले १६ वर्षका बालबालिकालाई आम निर्वाचनमा मतदान गर्न अनुमति दिने

दक्षिण सिरियामा भएको हिंसामा ५०० भन्दा बढीको मृत्यु

दमास्कस । दक्षिणी सिरियाको स्वेइदा प्रान्तमा केही दिनदेखि जारी झडपमा परी ५०० भन्दा

रुसद्वारा एक हजार युक्रेनी सैनिकको शव हस्तान्तरण

मस्को । गत महिना शान्ति वार्ताका लागि भएको सहमतिअनुसार रुसले बिहीबार युक्रेनलाई एक

जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त

किएभ ।  युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार युलिया स्विरिडेन्कोलाई बिहीबार