कोभिडविरुद्धको खोप अभियानमा अमेरिकाभन्दा यूरोप अगाडि



युरोपेली संघ (ईयू) को आधा जनसङ्ख्याले कोभिड–१९ विरूद्धको खोप लगाइसकेका छन् । एएफपीको एक अध्ययन रिपोर्ट अनुसार कोभिड–१९ विरूद्धको खोप अभियानमा ईयू संयुक्त राज्य अमेरिकाभन्दा अगाडि रहेको पाइएको छ । ईयूका २७ सदस्य राष्ट्रमा झण्डै २२ करोड ४० लाख व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लिएका छन् ।

यसमध्ये स्पेनमा ५८.३ प्रतिशत जनसङ्ख्याले खोप लगाएर ठूला देशका कार्यक्रमलाई अग्रता दिएको छ । त्यसपछि इटाली मा ५४.४ प्रतिशत, फ्रान्स ५२.९ प्रतिशत र जर्मनी ५२.२ प्रतिशतले खोप लगाइसकेका छन् । यस तथ्याङ्कको अर्थ कोभिड–१९ विरुद्धको खोप अभियानमा अहिले अमेरिकाभन्दा पनि अगाडि यूरोप रहेको मान्न सकिन्छ ।

अमेरिकी जनसङ्ख्याको करिब ४९.७ प्रतिशत मानिसहरूलाई खोपको पूर्ण मात्रा लगाइएको छ तर विशेष गरी दक्षिणपश्चिमी र मध्यपश्चिमी यूरोपेली मुलुकहरूमा खोप अभियान सुस्त देखिएको छ ।

सङ्क्रमणको सबैभन्दा बढी प्रभाब देखिएको अमेरिकामा ग्रीष्म ऋतुमा देखिएको सङ्क्रमणको स्तर अझै धेरै छ । सोमबार ७० प्रतिशत वयस्कहरूलाई कम्तीमा पनि एक मात्रा खोप लगाउने राष्ट्रपति जो बाइडेनको एक महिना पहिला पूरा हुनुपर्ने लक्ष्यमा पुग्न अमेरिकालाई निकै कठिनाई भएको छ ।

अमेरिकीहरूमा खोपको विश्वसनियतामाथिको प्रश्नले गर्दा अमेरिकामा खोप अभियान अपेक्षा गरेभन्दा ढिलो भएको बाइडेन प्रशासनको तर्क रहेको छ । अमेरिकामा कोभिड सङ्क्रमणका पछिल्ला लहरले गर्दा यो ग्रीष्म ऋतुमा पनि अस्पतालहरूमा कोभिड–१९ सङ्क्रमण उपचारका लागि पुग्ने विरामीको सङ्ख्या उच्च रहेको पाइएको एएफपीको एक समूहले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा उल्लेख छ ।

खोप लगाउन अमेरिकापछि मात्र सुरू गरेको क्यानडा पनि आफ्नो दक्षिणी छिमेकीभन्दा अगाडि देखिएको छ । क्यानडामा सोमबारसम्ममा ५९ प्रतिशत नागरिकले कोभिड–१९ विरूद्धको खोप लगाइसकेका छन् ।

आधिकारिक स्रोतबाट एएफपीलाई प्राप्त तथ्याङ्क अनुसार यूरोपेलीहरूले आफ्नो जनसङ्ख्याको ५९.३ प्रतिशत अंशलाई पहिलो मात्रा खोप दिएका छन् भने सोमबार सार्बजनिक ताजा तथ्याङ्कमा अमेरिका ५७.८ प्रतिशतसहित यूरापभन्दा पछाडि छ । यूरोपको सानो टापु राष्ट्रले यूरोपेली संघका अन्य राष्ट्रमा भन्दा धेरै खोप लगाएको देखिएको छ ।

यहाँका तीन चौथाइ मानिसहरूले पूर्ण खोप लगाएका छन् र त्यसपछि बेल्जियममा ५८.९ प्रतिशतले पूर्ण खोप लगाएका छन् । यूरोपेली संघको सूचीमा बुल्गेरियामा १४.५ प्रतिशत र रोमानियामा जनसङ्ख्याको एक चौथाई मानिसहरूले पूर्ण खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा बाढीपहिरोमा परी १११ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म १११ जनाको मृत्यु

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशमा आँप बोकेको लरी पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु

गत महिना चीनको अमेरिकातर्फको निर्यात पूर्वानुमानभन्दा बढी

बेइजिङ । वासिङ्टन र बेइजिङले एकअर्कामाथिको कर घटाउने सम्भावित सम्झौतामा सहमति जनाएपछि चीनको

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु

गाजा । गाजाको पानी वितरण केन्द्रमा भएको इजरायली हवाई आक्रमणमा केही बच्चासहित ४०