इजरायलद्वारा युएइका लागि पहिलो पटक राजदूत नियुक्त



इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ)का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ । दुई देशबीचको सम्वन्ध सामान्य हुदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेश मन्त्रीले जानकारी दिएका छन् ।

इजरायली विदेश मन्त्री याइर लापिडले इजरायलको तर्फबाट युएइका लागि राजदूतमा अमिर हइकलाई नियुक्त गरिएको जानकारी दिए । राजदूतमा नियुक्त भएका हइकले यसअघि उद्योग, व्यापार र रोजगार मन्त्रालयका निर्देशकका रुपमा काम गरेका थिए ।

उनी राम्रो अर्थशास्त्रीका रुपमा पनि परिचित छन् । “हइकसँग अर्थतन्त्र र पर्यटनको क्षेत्रका बारेमा पर्याप्त अनुभव र ज्ञान छ, त्यसलाई उहाँले सदुपयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ,” विदेश मन्त्री लापिडले भने ।

उनको अनुभव, क्षमता, योग्यता र विज्ञताले दुई देशको सम्वन्धलाई राम्रो बनाउदै दुबै पक्षको हितका कामहरु हुने आशाा गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा बाढीपहिरोमा परी १११ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म १११ जनाको मृत्यु

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशमा आँप बोकेको लरी पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु

गत महिना चीनको अमेरिकातर्फको निर्यात पूर्वानुमानभन्दा बढी

बेइजिङ । वासिङ्टन र बेइजिङले एकअर्कामाथिको कर घटाउने सम्भावित सम्झौतामा सहमति जनाएपछि चीनको

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु

गाजा । गाजाको पानी वितरण केन्द्रमा भएको इजरायली हवाई आक्रमणमा केही बच्चासहित ४०